धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–३ ले ‘जनतासँग मेयर’ कार्यक्रम अन्तर्गत ३० वर्ष भन्दा माथिका नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वडा नम्बर ३ मा रहेको एमसीएफ क्लिनिकको प्राविधिक सहयोगमा वडा क्षेत्रका विभिन्न टोल बस्तीमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको वडा नम्बर ३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।
‘भोलि अर्थात् साउन २१ गते नीलकण्ठ नगरपालिका-३ स्थित दहीचौतारा र शीतलबजार र साउन २२ गते नीलकण्ठ ३ कै चैनपुरमा स्वास्थ्य परीक्षण गरिनेछ। दुवै स्थानमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । ३० वर्षभन्दा माथिका सबै नागरिकलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई निःशुल्क स्वास्थ्य परीक्षण सेवाको लाभ लिन अनुरोध छ’ उनले भने ।

वडाले विगतका वर्षहरूमा पनि स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छु। वृद्धवृद्धा अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरूको घरघरमा पुगेर स्वास्थ्य परीक्षण, छालारोग सम्बन्धी शिविर लगायत विभिन्न खालका शिविर सञ्चालन गर्दै आएको छ । यस्ता सेवाले नागरिकहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने बानीको विकाससँगै रोग पहिचान तथा स्वस्थ रहन सहयोग पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
