कृष्णभीरमा रोकिएका सवारी साधन पास गराइयो

  • २०८३ भाद्र २८, आईतबार (१८ घण्टा अघि)
  • १४ पटक पढिएको
कृष्णभीरमा रोकिएका सवारी साधन पास गराइयो

धादिङ– धादिङका विभिन्न ठाउँमा विगत १४ दिनदेखि रोकिएका ट्रकहरूलाई कृष्णभीरको नयाँ ट्रयाकबाट पास गराइएको छ । प्रारम्भिक रूपमा नयाँ ट्रयाकको परीक्षणका लागि रोकिएका सवारीसाधान तथा ग्यास बुलेटहरूलाई पास गराइएको हो ।

Advertisement

अहिले रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा पास गराउने काम भए पनि नयाँ ट्रयाक पूर्णरूपमा बनेपछि मात्रै सञ्चालनमा आउने धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिएकी छिन् ।

सडकको ग्रेड मिलाउने काम भइरहेको छ । कृष्णभीरमा अहिले दुईवटा बुलडोजर प्रयोग गरी सडक सम्याउने र आवागमनका लागि आवश्यक प्लेटफर्म बनाउने काम भइरहेको छ ।
भोटेकोसी बाढीले सडक कटान गरेर कृष्णभीरमा भासिएपछि राजमार्ग अवरुद्ध बनेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट