बाढीले थला परेको बैरेनी अस्पताल पुनः सञ्चालनमा

  • २०८३ भाद्र २८, आईतबार (२१ घण्टा अघि)
  • १२ पटक पढिएको
बाढीले थला परेको बैरेनी अस्पताल पुनः सञ्चालनमा

धादिङ — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ ।

Advertisement

भदौ १० गतेको बाढीले अस्पतालको भुइँतलामा रहेका औषधि, स्वास्थ्य सामग्री तथा उपकरणमा क्षति पुर्याएपछि केही समयदेखि सेवा प्रभावित भएको थियो । बाढीपछि अस्पतालमा जमेको हिलो–फोहोर हटाउनेदेखि क्षतिग्रस्त सामग्री व्यवस्थापन र पुनःस्थापनामा सुरक्षा निकाय, विभिन्न संघसंस्था र स्थानीयवासी जुटेका थिए ।

गल्छी गाउँपालिकाको पहलमा वृद्धिष्ट चुजी च्यारिटी फाउन्डेसन, ताइवानले आवश्यक औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा पूर्वाधार सहयोग गरेपछि अस्पताल पुनः सञ्चालनमा ल्याइएको हो । फाउन्डेसनले अस्पताललाई आकस्मिक उपचारमा प्रयोग हुने २ सय २७ प्रकारका औषधि, ५० प्रकारका सर्जिकल सामाग्री, यूएसजी तथा एनेस्थेसिया मेसिन, प्रयोगशाला उपकरणलगायत सामाग्री हस्तान्तरण गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष लेन पि युले विपद्का बेला एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण पक्ष भएको बताए । जलवायु परिवर्तनका कारण प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै उनले प्रभावित अस्पतालको पुनःस्थापनामा सहयोग गरिएको बताए ।

गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बाढीपछि अस्पताल पुनः सञ्चालनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । ‘विपदको समयमा यस्ता सहयोगले प्रभावितको सेवामा थप सहयोग पुग्नेछ । विपत्तिले थलिएको अस्पताललाई पुःन सञ्चालनमा ल्याउन सकिदा स्थानीयलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ’ उनले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट