नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

  • २०८० पौष १७, मंगलबार (६ महिना अघि)
  • १८३ पटक पढिएको
नेप्सेमा ३० अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

काठमाडौं– सेयर बजार परिसूचक नेप्से आज ३० अंकले घटेको छ । आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक आज ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो ।

Advertisement

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.५४ अंकले घट्दै ३८०.५३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तर कारोबार भने आज पनि ४ अर्ब माथि (४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको) १ करोड ११ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.२१ प्रतिशतले घटेको छ भने निजीवन बीमा समूहको उपसूचक २.७६ प्रतिशतले घटेको छ ।

आज चिरखावा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट