आज एकै दिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

  • २०८० माघ ३, बुधबार (६ महिना अघि)
  • ११२ पटक पढिएको
आज एकै दिन १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– आज सुनको मूल्य घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार २ सय रुपैयाँले घटेर कारोबार भइरहेको जनाएको छ ।

मंगलबार प्रतितोला एक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला एक लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँ घटेर प्रतितोला एक हजार ४ सय रुपैयाँमा करोबार भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट