६ महिनामा ७ अर्बको कफी तथा चिया निर्यात

  • २०८० माघ ९, मंगलबार (६ महिना अघि)
  • १३८ पटक पढिएको
६ महिनामा ७ अर्बको कफी तथा चिया निर्यात

काठमाडौं– नेपालले चालु आर्थिक वर्षको ६ महिनामा ७ अर्ब रुपैयाँको कफी तथा चिया निर्यात गरेको छ ।

Advertisement

भन्सार विभागका अनुसार ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गरेको हो । ७ अर्ब २४ करोड ४६ लाख ५६ हजार रुपैयाँको कफी, चिया लगायत वस्तु निर्यात गर्दा ५ अर्ब ६८ करोड ११ लाख ५३ हजार रुपैयाँको आयात गरेको छ ।

नेपालले अन्य कृषिजन्यवस्तुमा घाटा ब्यहोरेपनि कफी, चियामा नाफा निकालेको छ । ६ महिनाको अवधिमा १ अर्ब ५६ करोड ३५ लाख ३ हजार रुपैयाँ ब्यापार नाफा देखिएको विभागले जनाएको छ ।

सरकारले सो कारोबारबाट १ अर्ब ५४ करोड ७१ लाख २१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालबाट अस्ट्रेलिया, फ्रेन्स, जापान, कोरिया, नेडरल्याण्ड, जर्मनी लगायत मुलुमा कफी र चिया निर्यात गरिन्छ भने अस्ट्रेलिया, चीन, भारत लगायत मुलुकबाट आयात गरिने विभागको तथ्यांकमा उल्लेख छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट