नक्कली कागजात बनाएर ८ करोड भन्दा धेरै कर्जा दुरुपयोग गरेर फरार भएका थापा ९ वर्षपछि पक्राउ

  • २०८० माघ २८, आईतबार (५ महिना अघि)
  • १५७ पटक पढिएको
नक्कली कागजात बनाएर ८ करोड भन्दा धेरै कर्जा दुरुपयोग गरेर फरार भएका थापा ९ वर्षपछि पक्राउ

काठमाडौं– क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनीको आठ करोड ५० लाख रुपैयाँभन्दा धेरै कर्जा दुरुपयोग मुद्दामा दोषी ठहर भएका काभ्रेको पनौतीका रामभक्त थापा ९ वर्षपछि पक्राउ परेका छन् ।

Advertisement

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थापालाई आज काठमाडौंबाट पक्राउ गरेको हो । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर उनले काभ्रे ब्रोइलर सप्लायर्स प्राइभेट फर्मका फर्जी कागजात तयार गरी आठ करोड पचास लाख रुपैयाँ कर्जा लिएका थिए ।

उनले कर्जाको दुरुपयोग गरेर क्यापिटल मर्चेन्ट तथा फाइनान्सलाई नौ करोड सात लाख रुपैयाँभन्दा धेरै रकम नोक्सानी पु¥याएको साविकको पुनरावेदन अदालत पाटनले फैसला गरेको थियो ।

२०७१ सालको वैशाख २९ गते अदालतले रामभक्त थापालाई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार तीन वर्ष कैद र बिगो असुल गरी बिगोअनुसार जरिबाना हुने फैसला गरेको थियो । सजाय र जरिबानाबाट बच्न फरार भएका थापालाई पक्राउ गरेर फैसला कार्यान्वयन गर्न काठमाडौं जिल्ला अदालतमा पेस गरेको सीआईबीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट