१५ अंकले बढेर नेप्से सूचक २१ सय विन्दुमा

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • १८१ पटक पढिएको
१५ अंकले बढेर नेप्से सूचक २१ सय विन्दुमा

काठमाडौं– आज सेयर बजार परिसूचक नेप्से १५ अंकले बढ्दै २१ सयको विन्दुमा उक्लिएको छ ।

Advertisement

हिजो साढे १० अंकले घटेर २ हजार ८५.८२ अंकमा झरेको नेप्से सूचक दोस्रो दिन पुनः १५.३३ अंकले बढ्दै २१ सय १.१६ अंकमा उक्लिएको हो ।

आज कारोबार रकम भने घटेको छ । आज १५ अंकले नेप्से सूचक बढेको बजारमा ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन १० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज पनि उच्च कारोबार हुनेको शीर्ष स्थानमा हिमालयन रिइन्स्योरेन्स नै रहेको छ । कम्पनीको २३ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर आज दोस्रो बजारमा कारोबार भएको छ ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा यता एनआईसी एशिया बैंक लिमिटेडको १३ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट