फागुन ४ गते धादिङमा सालक दिवस मनाइदै

  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • २४१ पटक पढिएको
फागुन ४ गते धादिङमा सालक दिवस मनाइदै

धादिङ– धादिङमा आगामी फागुन ४ गते सालक दिवस मनाइने भएको छ । नागरिकलाई सालकको बारेमा जनचेतना फैलाउने र संरक्षण गर्ने उद्देश्यले सालक दिवस मनाउन लागिएको हो ।

Advertisement

लोप हुदै गएको सालकको संरक्षण गर्न सालक दिवस मनाउन लागिएको डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णु प्रसाद आचार्यले बताए । ‘धादिङमा धेरै ठाउँमा सालक पाइन्छ । गोर्खा सिमाना बुढीगण्डकीदेखि देशकै राजधानी काठमाडौसम्मै धादिङमा सालक पाइन्छ । तर धेरैलाई सालकको बारेमा जानकारी नै छैन’ उनले भने–‘ नागरिकलाई सचेतना फैलाउनु हाम्रो जिम्मेवारी पनि हो । सालक जोगाउने अभियानकै रुपमा लागेका छौं । यसले सालक चोरी निकासी हुन पनि रोक्न सहयोग पुग्नेछ ।’

विद्यार्थीलाई सालकको बारेमा जानकारी दिन सके प्रभावकारी हुने उनले बताए । विद्यार्थीहरुबाट सहज रुपमा प्रचारप्रसार हुने हुनाले विद्यार्थीलाई फोकस गरेर कार्यक्रम गर्दैछौं । फागुन ४ गते जिल्ला सदरमुकाम धादिङबेशीस्थित नीलकण्ठ माध्यामिक विद्यालयमा मनाउने तयारी भएको हो । ‘समुदायिक वनका उपभोक्ता समिति, टोल सुधार समिति लगायत सबैलाई सालकको विषयमा जानकारी दिने सोच छ । त्यसैले सबैमा चेतना फैलाउने हाम्रो अभियान हो’ उनले भने ।

सालकको बारेमा तयार गरिएको गित, कथा, कविता समावेश गरि पुस्तिका समेत प्रकाशन गरिने उनले बताए । शालक सम्बन्धी भजन, तथा नृत्यहरु समेत प्रस्तुत गरिने छ । दुर्लभ मानिएको सालक धादिङ लगायत बागमती प्रदेशका १३ वटै जिल्लाहरुमा पाइन्छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट