भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रधानाध्यापकलाई तीन वर्ष कैद सजाय

  • २०८० माघ ७, आईतबार (६ महिना अघि)
  • १९६ पटक पढिएको
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका प्रधानाध्यापकलाई तीन वर्ष कैद सजाय

काठमाडौं– गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

Advertisement

अदालतले आज एक भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरी तीन वर्ष कैदको सजाय पनि सुनाएको छ । यसअघि एकै दिन चारवटा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । प्रधानाध्यापक साहलाई विशेष अदालतले आइतबार कसुर निर्धारण गरेको हो ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले उनलाई १३ लाख ३२ हजार रुपैंया विगो कायम राख्दै त्यति नै थप रकम जरिवाना गर्ने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

अन्य मुद्दामा यसअघि नै सजाय निर्धारण भएको थियो । यो मुद्दामा मात्र ३ वर्षभन्दा माथि कैद सजाय हुने देखिएकाले सजाय निर्धारणका लागि पेसी तोकिएको थियो ।

विशेष अदालतले २४ पुसमा उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण गरेको थियो । तेस्रो मुद्दामा ६ महिना कैद फैसला गरेको थियो ।

प्रधानाध्यापक साहले जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम दुरुपयोग गरेका थिए । झुटा प्रतिवेदन र बिल बनाई रकम दुरुपयोग गरेको आरोप उनीमाथि थियो ।

विद्यालयमै ल्याब बनाउने र शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग गरेको अर्को मुद्दा थियो । विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकमसमेत फर्जी कागजातका आधारमा दुरुपयोग गरेकोमा पनि मुद्दा चलेको थियो ।

त्यस्तै छात्रा शौचालयको रकमसमेत दुरुपयोग गरेको भन्दै थप मुद्दा परेको थियो। उनले विद्यालय व्यवस्थापन समितिकोसमेत नक्कली निर्णय बनाएको आरोप थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट