कोशीमा सत्तागठबन्धनबाट कांग्रेसका सिटौला विजयी

  • २०८० माघ ११, बिहिबार (६ महिना अघि)
  • १७१ पटक पढिएको
कोशीमा सत्तागठबन्धनबाट कांग्रेसका सिटौला विजयी

|Krishna Prasad Sitaula

काठमाडौं – कोशी प्रदेशबाट सत्ता गठबन्धनका कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

Advertisement

सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका सिटौला नेकपा (एमाले) र राप्रपा गठबन्धनका साझा उम्मेदवार राप्रपाका उद्धव पौडेललाई हराउँदै राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् । सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित हुँदा पौडेलले चार हजार पाँच सय ६२ मतभार पाएका थिए ।

प्रतिनिधि सभा चुनावमा दुई पटक हारेपछि संसदीय भूमिकाबाट टाढिएका नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला बिहीबार भएको राष्ट्रिय सभा चुनावमार्फत् पुनः संसदीय भूमिकामा फर्केका छन् ।

गिरिजाप्रसाद कोइरालाको सक्रिय राजनीतिक जीवनको पछिल्लो दशकमा उनका विश्वासपात्र रहेका सिटौला लामो समय सत्ता राजनीतिको केन्द्रमा रहेका थिए । तर २०७४ र २०७९ को प्रतिनिधि सभा चुनावमा झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसँग हारेपछि उनी किनारामा धकेलिएका थिए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट