माओवादी सुदूरपश्चिम संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइए

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १६३ पटक पढिएको
माओवादी सुदूरपश्चिम संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइए

काठमाडौं– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।

Advertisement

आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । आजको बैठकले भट्टलाई हटाएर धामीलाई चयन गर्ने निर्णय गरेको हो । धामी पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन् ।

भट्टको भूमिकालाई लिएर गुनासो गर्दै राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते प्रधानमन्त्री तथा माओवादी पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट