अदालत परिसरबाट थुनुवालाई भगाउन सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

  • २०८० माघ १५, सोमबार (६ महिना अघि)
  • १३६ पटक पढिएको
अदालत परिसरबाट थुनुवालाई भगाउन सघाएको आरोपमा ३ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– काठमाडौं जिल्ला अदालतको परिसरबाट भागेका थुनुवा कमल खड्कालाई भगाउन सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध अभियोग पत्र दायर भएको छ ।

Advertisement

सिन्धुपाल्चोकका १८ वर्षीय पारस तामाङ, २५ वर्षीय मोहनबहादुर तामाङ र १९ वर्षीय रोनिस तामाङलाई थुनुवा भगाएको कसुरमा मुद्दा लगाइएको हो ।

ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए ।

मुलुकी अपराध संहिता अनुसार, थुनुवा भगाएको कसुरमा दुई वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । भाग्ने खड्कालाई पनि यस मुद्धामा प्रतिवादी बनाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट