विमानस्थल कुटाकुुट प्रकरणमा असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारबाहीको सिफारिस

  • २०८० माघ १८, बिहिबार (५ महिना अघि)
  • १६४ पटक पढिएको
विमानस्थल कुटाकुुट प्रकरणमा असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारबाहीको सिफारिस

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटाकुटको घटनाबारे छानबिन सकिएको छ ।

Advertisement

घटना छानबिन गर्न गठित सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले हिजो गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको छ ।

समितिले अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तानलाई अध्यागमन कार्यालयबाट हटाइ विभागीय कारबाही गर्न र कुटपिटमा संलग्न असई सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । गएको शुक्रवार विमानस्थलको अध्यागमन कार्यालयमा कर्मचारी र प्रहरीबीच विवाद र कुटाकुट भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट