६ महिनामा मापसे र लापसे गरी गाडी चलाउने ४० हजार चालक कारबाहीमा

  • २०८० माघ १८, बिहिबार (५ महिना अघि)
  • १३० पटक पढिएको
६ महिनामा मापसे र लापसे गरी गाडी चलाउने ४० हजार चालक कारबाहीमा

काठमाडौं– ६ महिनाको अवधिमा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने झण्डै ४० हजार चालक कारबाहीमा परेका छन् ।

Advertisement

नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको ६ महिनामा जाँडरक्सी खाएर गाडी चलाउने ३९ हजार दुई ७२ जना चालक कारबाहीमा परेका हुन् ।

यस्तै लागु पदार्थ प्रयोग गरी गाडी चलाउने दुई सय ४२ जना चालक पनि कारबाहीमा परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरीको तथ्याङ्कमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा १८ हजार ६ सय २७ जना चालक कारबाहीमा परेका छन् ।

कारबाहीबाट देशभरबाट चार करोड रुपैयाँ राजश्व सङ्कलन भएकोमा काठमाडौं उपत्यकामा मात्रै १ करोड ८६ लाख २७ हजार रुपैयाँ राजश्व सङ्कलन भएको प्रहरीको भनाइ छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट