कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त

  • २०८० माघ १८, बिहिबार (५ महिना अघि)
  • १९२ पटक पढिएको
कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौं– कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त भएका छन् ।

Advertisement

कम्पनीका अध्यक्ष सवनम सिवाकोटीको अध्यक्षतामा आज बिहान बसेको बैठकले प्रबन्ध सञ्चालनका लागि सिफारिस भएका तीन जनामध्ये कास्कीका पोखरेललाई नियुक्त गरेको हो । यसअघि पोखरेल निमित्त प्रबन्ध सञ्चालक थिए ।

कृषि मन्त्रालय अन्तरगतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट