श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ

  • २०८० माघ २१, आईतबार (५ महिना अघि)
  • १३० पटक पढिएको
श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौं– दाङमा श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली पक्राउ परेका हन् ।

Advertisement

उनीमाथि आफ्नी २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको आरोप छ ।

उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार प्रहरी जवान नेपाली नेपालगञ्जबाट श्रीमान आएकी छन् भनेर शनिबार राति कार्यालयबाट बिदा मागेर गएका थिए ।

उनी घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका थिए । आज बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिए ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा पुगेका थिए । नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट