५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउँछौः मन्त्री श्रेष्ठ

  • २०८० माघ २५, बिहिबार (५ महिना अघि)
  • ११५ पटक पढिएको
५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउँछौः मन्त्री श्रेष्ठ

काठमाडौं– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने बताएका छन् ।

Advertisement

बिहीबार हेटौंडामा बागमती प्रदेशको १० वटा जिल्लामा एकसाथ सञ्चालन हुने ट्राफिक सप्ताह २०८० को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिको अधिकतम् प्रयोग गर्न प्रदेश सरकारले विशेष बजेटको व्यवस्था गर्ने बताए ।

मन्त्री श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणका लागि आन्तरिक मामिला मन्त्रालयले समुदाय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले आगामी वर्षदेखि ट्राफिक व्यवस्थापनलाई सुदृढ एवं सहज बनाउन यातायात व्यवस्था कार्यालय, सडक कार्यालय, स्थानीय तह, विभिन्न संघसंस्था, आम सडक प्रयोगकर्ता, सञ्चार माध्यम र सरोकारवालाहरुलाई समेटेर एकीकृत कार्ययोजना सञ्चालन गरिने बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट