फेसबुकमा श्रीमतिका लागि नोट लेखेर रक्तदाता अर्जुन मैनालीले गरे आत्महत्या

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • १३६ पटक पढिएको
फेसबुकमा श्रीमतिका लागि नोट लेखेर रक्तदाता अर्जुन मैनालीले गरे आत्महत्या

काठमाडौं– दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चा कमाएका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् ।

Advertisement

अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ ।

प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा उनको शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको छ । उनले कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ ।

मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए । काभ्रे घर भएका मैनाली सन् २००७ देखि अमेरिकामा बसोबास गर्न थालेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट