काठमाडौं– काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएको २४ घण्टामा काठमाडौंमा २ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै ताप्लेजुङ र धनकुटामा ७ दशमलव ८ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावले केही ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । आज र भोलि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने तथा अरु केहि ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।