काठमाडौं– जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार ढाल्न लागेको हल्ला चलाएर रातारात आफ्नो पार्टी फुटाइएको आरोप लगाएका छन् ।
यादवले कांग्रेससँग मिलेर सरकार ढाल्न निराधार र कपोकल्पित हल्ला चलाएर आफू देशबाहिर रहेको मौका छोपेर रातारात असंवैधानिक रूपमा पार्टी फुटाएको आरोप लगाएका हुन् ।
पार्टी महाधिवेशनको तयारी भइरहेको र संस्थागत रूपमा पार्टीभित्र कुनै विवाद नआएको अवस्थामा महत्त्वाकांक्षा र व्यक्तिगत फाइदा उठाउने गरी पार्टी फुटाएको उनको आरोप छ । उनले सरकार ढाल्ने विषयमा को कसैसंग नभेटेको र छलफल नभएको प्रष्ट पारे । भने– ‘मैले कसैसँग भेटेको थिएनँ । त्यही हल्ला चलाएर म देशबाहिर रहेको मौका छोपेर पार्टी फुटाइयो ।’
अध्यक्ष यादवले निर्वाचन आयोगमको नियतमाथी पनि प्रश्ना उठाएका छन् । अध्यक्ष यादवले भने ‘संसदमा विचाराधीन रहेको अवस्थामा गैरकानुनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो । नेपालको इतिहासमा यति चाँडै पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलोचोटि होला । हामी हामी यसलाई अदालतबाट चुनौती दिन्छौँ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।