कांग्रेसको सरकार

गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

गण्डकी प्रदेशमा१० जना र प्रदेशसभाको सदस्यमा १८ जना विजयी भएको र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ नौजना निर्वाचित भएका छन्।
  • २०७९ पौष ४, सोमबार (१ साल अघि)
  • ३७५ पटक पढिएको
गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ। कांग्रेस गण्डकी प्रदेश समितिको आइतबारको बैठकले गठबन्धनका दलहरूको बहुमत भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समितिका सदस्य एवं प्रचारप्रसार समितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए।

बैठकले निर्वाचित उम्मेदवारले आम मतदाताको भरोसा र आकांक्षालाई पूरा गर्ने, देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेको छ। निर्वाचनमा गण्डकी प्रदेशभित्रका जिल्लामा भएका गतिविधिका बारेमा व्यापक छलफल भई निर्वाचनका सन्दर्भमा भएका कमी कमजोरीका विषयमा जिल्लाबाट प्रतिवेदन प्राप्त भइसकेपछि समिक्षा गर्न आवश्यक भएको महसुस गर्दै आगामी बैठकमा यस विषयमा समीक्षा गर्ने निर्णय गरेको बरालले जानकारी दिए।

प्रदेशमा कांग्रेसका तर्फबाट गण्डकी प्रदेशमा प्रतिनिधिसभामा दिइएका १२ जना उम्मेदवारमध्ये १० जना र प्रदेशसभाको सदस्यमा दिएका २१ जनामध्ये १८ जना विजयी भएको र प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ नौजना निर्वाचित भएका छन्।

प्रदेशसभामा पार्टीको संसदीय दलको नेताको निर्वाचन गर्नुपर्ने र यसका लागि नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ४ को ३ मा प्रदेश समितिले बनाएको निर्वाचन समितिले निर्वाचनको प्रक्रिया निर्धारण तथा निर्वाचन सम्पन्न गर्ने छ भन्ने प्रावधान रहेकाले नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेताको निर्वाचनको लागि निर्वाचन समिति बनाउन पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी अनुशासनमा नरही पार्टीका उम्मेदवारलाई असहयोगी भूमिका गर्ने कार्यकर्ताको बारेमा वडा, प्रदेश, क्षेत्र, जिल्ला, प्रदेश तहबाट प्रतिवेदन माग गर्न अनुशासन समितिलाई निर्देशन दिएको पार्टीका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु)ले जानकारी दिए। -रासस

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट