रास्वपाले एकैदिन ५६ वटा वडामा अधिवेशन गर्दै

  • २०८० पौष २१, शनिबार (६ महिना अघि)
  • १५४ पटक पढिएको
रास्वपाले एकैदिन ५६ वटा वडामा अधिवेशन गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आज देशभर ५६ वटा वडामा अधिवेशन गर्दैछ । सो पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ५६ वटा वडामा अधिवेशन आयोजना गरेको हो ।

Advertisement

रास्वपा सहमहामन्त्री तथा संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार कोशी प्रदेशमा १८, बागमतीमा १०, गण्डकीमा १६, लुम्बिनीमा ७ र सुदूरपश्चिममा ५ वटा वडाको अधिवेशन हुँदैछ ।

वडा अधिवेशनका लागि रास्वपाले केन्द्रीय नेताहरुलाई अनुगमनका लागि समेत खटाएको छ । सो पार्टी उपसभापति डीपी अर्याल चितवन, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी काठमाडौंको बुढानिलकण्ठ, केन्द्रीय सदस्य गणेश पराजुली काठमाडौं र अन्य पदाधिकारीहरु विभिन्न वडा अधिवेशनको अनुगमनका लागि खटिएका छन् ।

प्रदेश समितिका सदस्यहरुलाई भने निर्वाचन आयोगले पर्यवेक्षणका लागि विभिन्न वडाहरुमा खटाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट