दाङस्थित राप्ती नदीमा बस दुर्घटना (अपडेट) – पाँच यात्रुको मृत्यु

  • २०८० पौष २७, शुक्रबार (६ महिना अघि)
  • २११ पटक पढिएको
दाङस्थित राप्ती नदीमा बस दुर्घटना (अपडेट) – पाँच यात्रुको मृत्यु

काठमाडौं– दाङस्थित राप्ती पुलबाट यात्रुवाहक बस खस्दा पाँचजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

Advertisement

मृत्यु हुनेको पहिचान खुलेको छैन । शवहरू गाडीले च्यापिएको अवस्थामा रहेका छन् । शव निकाल्ने प्रयास भइरहेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ ख ३९१२ नम्बरको यात्रुवाहक बस शुक्रबार करिव राति साढे १० बजेतिर पुलबाट एक्कासि नदीमा खसेको हो ।

बसको आधा भाग पानीमा र आधा बाहिर रहेको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरेर उपचारका लागि भालुवाङ अस्पतालमा लगिएको छ । अहिले प्रहरी तथा स्थानीय उद्धारमा खटिएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट