भंगहाबाट जयनगर तर्फ जान लागेको रेलभित्र लडेर एक यात्रुको मृत्यु

  • २०८० माघ २, मंगलबार (६ महिना अघि)
  • २३१ पटक पढिएको
भंगहाबाट जयनगर तर्फ जान लागेको रेलभित्र लडेर एक यात्रुको मृत्यु

काठमाडौं– भंगहा–जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।

टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको डिएसपी अवाले बताए ।

घटनाको विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी अवाले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट