सुर्खेतका तीन जना बालक चारदिनदेखि वेपत्ता

  • २०८० माघ ६, शनिबार (६ महिना अघि)
  • १९२१ पटक पढिएको
सुर्खेतका तीन जना बालक चारदिनदेखि वेपत्ता

काठमाडौं– सुर्खेतको भेरीगंगा नगरपालिका–३ सानो डुङ्गीका तीन जना बालकहरु सम्पर्क विहिन भएका छन् । यहि माघ ३ गतेदेखि धनबहादुर श्रेष्ठका छोरा १२ वर्षिय निशान श्रेष्ठ र उनका साथीहरु १४ वर्षिय अशोक वली र १५ वर्षिय टेस्कन खड्का सम्पर्क विहिन भएको परिवारले जनाएको छ ।

Advertisement

निशान गहुँ गोरो वर्णका छन् । उनले सरस्वती माध्यामिक विद्यालय डुङ्गी खोलाको लोगो भएको विद्यालय पोशाक लगाएको आफन्त गोविन्द श्रेष्ठले बताए । श्रेष्ठसँगै सम्पर्क विहिन बनेका वली र खड्काले भने घरबाट केही पैसा लिएर निस्केको परिवाले जानकारी दिएको छ ।

‘आफन्त, नातागोता, साथीभाई सबै ठाउँमा सम्पर्क गरेँ । तर चार दिन देखि हराएको छोराको पत्ता लागेन’ निशानका बुबा धनबहादुरले भने– ‘छोरा हराएदेखि न दिनमा भोक छ, न त रातमा निदाउन सकेको छु । चाँडै फर्केर आउन न है छोरा ।’

उनीहरु स–सानै भएकाले कसैको लहैलहैमा लागे कि वा केही नराम्रो पो भयो कि भनेर परिवार चिन्तित छन् । चार दिनदेखि सम्पर्क विहिन बनेका बालकहरु खोजिदिन परिवारले सबैलाई आग्रह गरेका छन् । ति बालकहरुलाई देख्नुहुने वा भेट्नुहुने जो कोहीले नजिकैको प्रहरी कार्यालय वा गोविन्द श्रेष्ठ र खुमबहादुर श्रेष्ठको मोवाइल नम्बर ९८४८१२७८८३÷९८०४५०७४५०५÷९८२९६२६७७५ मा सम्पर्क गरिदिनुहुन परिवारले आग्रह गरेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%७%

    खोजी गर्नुहोस

    ताजा अपडेट