चुकेनी जलविद्युत् आयोजना: १८ महिनामा सकिनुपर्ने काम ४ वर्षमा पनि सकिएन

  • २०८० माघ १०, बुधबार (६ महिना अघि)
  • १३२ पटक पढिएको
चुकेनी जलविद्युत् आयोजना: १८ महिनामा सकिनुपर्ने काम ४ वर्षमा पनि सकिएन

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका–१ मा नौ सय ९८ किलोवाट क्षमताको निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले अझै गति लिन सकेको छैन ।

Advertisement

अठार महिनामा सकिनुपर्ने आयोजना, सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन् ।

आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको बाँकी १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिए । यो आयोजनाबाट बिजुली उत्पादन हुन थालेपछि तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट