मधेस प्रदेशका तत्कालीन सचिव र इञ्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १६६ पटक पढिएको
मधेस प्रदेशका तत्कालीन सचिव र इञ्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं– मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको भन्दै विशेष अदालतले तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इञ्जिनियर भगवान झालाई दोषी ठहर गरेको छ ।

Advertisement

साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरको हिजोको इजलासले भुसाल र झालाई दोषी ठहर गरेको हो ।

अदालतले दुुवैलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिबाना तोकेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट