रास्वपाले आयोजना निर्माण केन्द्रित दबाव पदयात्रा गर्ने

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १७४ पटक पढिएको
रास्वपाले आयोजना निर्माण केन्द्रित दबाव  पदयात्रा गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले २१ माघबाट आयोजना केन्द्रित पदयात्रा गर्ने भएको छ । अलपत्र परेका आयोजना निर्माणमा दबाव दिने उद्देश्यले पदयात्रा गर्न लागिएको रास्वपाले जनाएको छ ।

Advertisement

२१ विकास आयोजना, २१ व्यक्ति, २१ गते गरी तिन २१ को संयोजन सहित पदयात्रा प्रारम्भ गर्न लागेको छ ।

२२ माघबाट संसद बैठक बस्ने भएकाले २१ गते सुरुवात गरेर क्रमशः गर्दै जाने सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । २१ गते एउटा मात्रै आयोजनाका लागि दबाव यात्रा हुने उनले बताइन् ।

आयोजना छनोट गर्दा सबै प्रदेशबाट पर्ने गरी चयन गर्न लागिएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट