भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • २०८० माघ १२, शुक्रबार (६ महिना अघि)
  • १७८ पटक पढिएको
भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं– भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ४ एसएस चोक नजिक टिपरको ठक्करबाट उनको मृत्यु भएको हो ।

Advertisement

गएराति बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।

शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका– १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट