कांग्रेस महामन्त्री थापाको संवाद यात्रा सुरु

  • २०८० माघ १३, शनिबार (६ महिना अघि)
  • १६२ पटक पढिएको
कांग्रेस महामन्त्री थापाको संवाद यात्रा सुरु

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची पुलबाट संवाद यात्रा सुरु गरेका छन् ।

Advertisement

भद्रपुरमा रहेको मेची पुल नजिकै आयोजना गरेको यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नागरिकमा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्न संवाद यात्राको सुरु गरेको बताए ।

नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरुप यात्रा सुरु गरेको भन्दै उनले यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको बताए । कांग्रेसप्रति नागरिकको गुनासो सुन्न र समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य रहेको उनले बताए ।

यात्राका क्रममा औपचारिक सभा नगरि भेटघाट गर्ने कार्यक्रम छ । कांग्रेस केन्द्रीय समितिले आजैदेखि ‘समुदायमा कांग्रेस’ अभियान पनि सुरु गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट