भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

  • २०८० माघ १७, बुधबार (५ महिना अघि)
  • १५१ पटक पढिएको
भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं– भक्तपुरको मध्यपुर ठिमीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

Advertisement

गए राति पौने १० बजे मध्यपुर ठिमी नगरपालिका–४ चारदोबाटो आकाशे पुल नजिकै भक्तपुरबाट काठमाडौं आउने हाइवे लेनमा मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए ।

बागमती ५ ख. २५१ नं. को निशान गाडीको टायर पञ्चर भएर बाटोमा रोकिराखेको थियो । सोही दिशाबाट आउँदै गरेको प्रदेश नं. ३ –०२–००९ प ७००७ नं. को मोटरसाइकल अनियन्त्रित भई उक्त गाडीको पछाडि ठोक्किएको हो ।

दुर्घटना हुँदा सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २४ वर्षीय समन भुजेल र २० वर्षीया सोफिया ठकुरी घाइते भएका थिए ।

भुजेलको उपचारका लागि मध्यपुर ठिमी अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको राति १० बजे मृत्यु भएको डिएसपी पाठकले बताए ।

मोटरसाइकल पछाडि सवार ठकुरीको भक्तपुर इन्टरनेशनल अस्पताल ठिमीमा उपचार भइरहेको छ । शवलाई पोष्टमटर्मको लागि भक्तपुर अस्पतालमा राखिएको छ ।

दुर्घटनामा परेका दुबै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालक फरार छन् । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट