६ महिनामा १३ करोडको कन्डम आयात

  • २०८० माघ २२, सोमबार (५ महिना अघि)
  • १४२ पटक पढिएको
६ महिनामा १३ करोडको कन्डम आयात

काठमाडौं– चालू आर्थिक वर्ष २०८०÷८१ को ६ महिनाको अवधिमा नेपालमा झन्डै १३ करोड रुपैयाँ बराबरको करिब २ करोड कन्डम भित्रिएको छ ।

Advertisement

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि पुससम्म १ करोड ९८ लाख ९० हजार कन्डम आयात हुँदा १२ करोड ९१ लाख ८७ हजार रुपैयाँ बाहिरिएको छ । सो परिमाणको कन्डम आयातबाट सरकारले भने जम्मा २७ हजार रुपैयाँ राजश्व उठाएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार उक्त आयात गत आर्थिक वर्षको तुलनामा २ करोड रुपैयाँभन्दा बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड १२ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ७९ हजार वटा कन्डम भित्रिएको तथ्याङ्क छ ।

नेपालमा आयात हुने अधिकांश कन्डम भारतबाट आउने गरेको विभागको तथ्यांक छ । त्यसपछि दक्षिण कोरिया, मलेसिया र चीनबाट कन्डम आयात हुन्छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट