फाइवर विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १४३ पटक पढिएको
फाइवर विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं– एभरेस्ट नेटवर्क प्रालिको चरम लापरबाहीका कारण एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका –५ लयाँटीका २५ वर्षीय प्रकाश बुढा रहेका छन् ।

Advertisement

दैलेख र कालिकोटको सिमाना दही खोला नजिकै नेटवर्कको फाइवर विस्तार गर्ने क्रममा घाइते भएका बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ ।

फाइवर बिस्तारका क्रममा कुनै पनि सुरक्षा सावधानीका सामाग्री प्रयोग बिना नै कर्मचारीलाई काममा खटाउने गरेको बताइएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट