काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेशन निर्माण सम्पन्न

  • २०८० माघ २४, बुधबार (५ महिना अघि)
  • १४१ पटक पढिएको
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेशन निर्माण सम्पन्न

काठमाडौं– काठमाडौंको मातातीर्थमा २२०÷१३२ केभीको सबस्टेशन निर्माण सम्पन्न भएको छ ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको बिजुली काठमाडौं उपत्यकामा आपूर्ति गर्न चन्द्रागिरि नगरपालिकको मातातीर्थमा सबस्टेशन बनाएको हो ।

सबस्टेशनबाट देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । अब काठमाडौं उपत्यकामा बिजुली आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेशन ‘हब’ बनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशनबाट बिजुली आपूर्ति हुन थालेपछि काठमाडौं उपत्यकाको बिजुली आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने बताए ।

मर्स्याङ्दी–काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकआपसमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेशनमा समाहित गरिएको छ ।

यसैगरी प्राधिकरणले चोभारमा एक सय ३२ केभीको सबस्टेशनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको एक सय ३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । चोभारबाट ललितपुरको पाटनसम्म एक सय ३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा एक सय ३२ केभी सबस्टेशन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट