भरतपुरको मिल्क उद्योग बन्द भएपछि १ अर्बको दुग्धजन्य उत्पादन गोदाममै थन्कियो

  • २०८० माघ २५, बिहिबार (५ महिना अघि)
  • १४३ पटक पढिएको
भरतपुरको मिल्क उद्योग बन्द भएपछि १ अर्बको दुग्धजन्य उत्पादन गोदाममै थन्कियो

काठमाडौं– चितवनको भरतपुरमा रहेको मिल्क उद्योग बन्द भएको छ । दूध प्रशोधन गरेर उत्पादन गरिएका पाउडर दूध र बटर बिक्री नभएर तयारी वस्तु राख्ने ठाउँ अभाव भएपछि उद्योग बन्द भएको हो ।

Advertisement

यही माघ २० गतेदेखि दूध सङ्कलन रोकिएको छ । भण्डारण गरिएको दूधको प्रशोधन गरेर २२ गतेदेखि उद्योग बन्द गरिएको उद्योगका प्रबन्धक दुर्गा पराजुलीले जानकारी दिए । सहकारी र दुग्ध उद्योगले प्रशोधनका लागि ल्याएका दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ ।

उनका अनुसार सहकारी र दुग्ध उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र कोल्ड स्टोर भरिएका हुन् । प्रबन्धक पराजुलीका अनुसार पाउडर दूधले गोदाम, चिनी भण्डारण गर्ने, कपडा फेर्ने ठाउँ, क्यान्टिन सबै भरिएको छ ।

२० हजार बोराभन्दा बढी दूध बाँकी रहेको जनाउँदै उनले पाँच सय टनभन्दा बढी बटर कोल्ड स्टोरमा थन्किएको बताए । गोदाममा थन्किएको दुग्धजन्य पदार्थको मूल्य एक अर्ब रुपैयाँभन्दा बढी रहेको छ ।

२०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । दुग्ध उद्योग र सहकारीले आफ्नो उत्पादन बिक्री नभएपछि किसानले दूधको भुक्तानी पाउन सकेका छैनन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट