ललितपुर र कीर्तिपुरमा पालेका सुुँगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि

  • २०८० माघ २६, शुक्रबार (५ महिना अघि)
  • १८२ पटक पढिएको
ललितपुर र कीर्तिपुरमा पालेका सुुँगुरमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि

काठमाडौं– ललितपुर र कीर्तिपुरमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको छ ।

Advertisement

ललितपुर महानगरले हिजो सूचना निकालेर लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको जनाएको हो । महानगरको पशु शाखाले रोगको शङ्का लागेका पशुलाई छुट्टाएर अलग्ग राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा जलाउन भनेको छ ।

ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन पशु सेवा शाखाले आग्रह गरेको छ ।

घरपालुवा सुँगुर र बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी सङ्क्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ ।

फार्ममा रहेका सुङ्गुर तथा बङ्गुरमा शङ्कास्पद लक्षण देखा परेमा नगर पशु सेवा शाखामा यथाशीघ्र सम्पर्क गर्न भनेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट