जबरजस्ती करणीका फरार प्रतिवादी २ महिनापछि पक्राउ

  • २०८० माघ २७, शनिबार (५ महिना अघि)
  • १३२ पटक पढिएको
जबरजस्ती करणीका फरार प्रतिवादी २ महिनापछि पक्राउ

काठमाडौं– सिरहामा जबरजस्तिकरणीका फरार प्रतिवादी २ महिनापछि पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा गोलबजार नगरपालिका–४ निपाने टोलका २१ वर्षीय रोहित दासलाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।

उनीविरूद्ध मंसिर २८ गते जिल्ला प्रहरी कार्यालयमा जबरजस्तीकरणीको जाहेरी परेको थियो ।

जाहेरीपछि फरार रहेका उनलाई गोलबजार नगरपालिका–४ स्थित शिव मन्दिर नजिक लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको सर्लाहीका डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिए ।

उनलाई शुक्रबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी पाण्डेले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट