काठमाडौंमा जुवातास खेलिरहेका १७ जना पक्राउ

  • २०८० माघ २९, सोमबार (५ महिना अघि)
  • १६४ पटक पढिएको
काठमाडौंमा जुवातास खेलिरहेका १७ जना पक्राउ

काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेलिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू शंखरापुर र चन्द्रागिरिबाट पक्राउ परेका हुन् ।

Advertisement

शंखरापुर नगरपालिका–७ साँखुस्थित सोही नगरपालिका–१ नाङलेभारे घर भएका ३७ वर्षीय प्रकाश लामिछानेको बज्रयोगिनी वर्क शप एण्ड रि कन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी चन्द्रागिरि नगरपालिका–८ कञ्चन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७५ वर्षीय केपी गुरुङ समेत ८ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार ८ सय ३० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट