प्रतिष्ठानद्धारा झापाको बिर्तामोडमा गजल मुशायरा

  • २०८० फागुन १, मंगलबार (५ महिना अघि)
  • १९८ पटक पढिएको
प्रतिष्ठानद्धारा झापाको बिर्तामोडमा गजल मुशायरा

काठमाडौं- नेपाल गजल प्रतिष्ठानले झापाको बिर्तामोडमा एक गजल मुशायरा कार्यक्रम गरेको छ । नेपाली गजलको विकास र उन्नयनका लागि मुशायरा कार्यक्रम आयोजना गरिएको हो ।

Advertisement

नेपाल गजल प्रतिष्ठानले अन्तर्राट्रिय नेपाली गजल मञ्च, प्राञ्जल साधना केन्द्र, गोपीकृष्ण स्मृति प्रतिष्ठान र वीरता रिडर्ससँगको सहकार्यमा मुशायराको आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले बताए । यस अगाडि प्रतिष्ठानले काठमाडौँमा ४ वटा मुशायरा सफलतापूर्वक सम्पन्न गरिसकेको छ । तर काठमाडौँ बाहिर भने यो पहिलो मुशायरा कार्यक्रम हो ।

डाक्टर प्रदीप कुमार मैनाली, भुवन निश्तेज, आँचल कुमार शर्मा, अन्जान यात्री, राधा कणेल, जीवन काश्यप, सुरेश सुवेदी, घनश्याम पथिक, विजय योजित, युवराज खतिवडा, दीप प्रदीप, जानुका गुरागाईँ, गीता सुबेदी नेपाल, डाक्टर खगेन्द्र दाहाल, दुष्यन्त भट्टराई लगायतका गजलकारहरुले आफ्ना गजल वाचन गरेका थिए ।

त्यस्तै, प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले आफ्नै संगित संयजोनमा डाक्टर भोजराज घिमिरे र डाक्टर प्रदीप कुमार मैनालीको गजल गायन, विजय ढुंगेलले आफ्नै संगीत र गायनमा खुसी र रश्मि असफलको तथा आदित्य अधिकारीले आफ्नै संगीत र गायनमा मिलन कुमार ढुंगानाको गजल प्रस्तुत गरेका थिए ।
ग्लोबल आइ एम ई बैँक, एक्सल डिभलपमेन्ट बैँक, होम केयर, बेल्स मोडेल स्कुल लगायतले कार्यक्रम प्रायोजन गरी सपोर्ट गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट