कुखुरालाई दानापानी दिने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

  • २०८० फागुन १, मंगलबार (५ महिना अघि)
  • १४७ पटक पढिएको
कुखुरालाई दानापानी दिने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं– नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

बेलकोटगढी नगरपालिका–५ केउरेनी बस्ने २४ वर्षीय प्रदिप राईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै कुखुराको फर्ममा कुखुरालाई दानापानी दिने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।

उनको अम्बेभरोसा अस्पताल गल्छीमा उपचारको क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट