काठमाडौं- भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ । १५ देखि ७५ प्रतिशतसम्म छुट बलियो र आकर्षिक डिजाइनका स्वदेशी तथा विदेशी चर्चित ब्राण्डका ५०० भन्दा बढी मोडलका जुत्ताचप्पल एउटै छानामुनी राखिएका हुन् ।
मेलाको उद्घाटन समारोह सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपाल जुत्ता चप्पलमा अत्मनिर्भर बन्दै गएको बताएका छन् । ‘मेलाले नेपाली उत्पादन जुत्ताचप्पल व्यवसायको विकास र विस्तारमा ठूलो भूमिका खेलेको छ । नेपाली जुत्ताचप्पलको उत्पादनको खपत बढाउँन नीति नै परिमार्जन गरेर सबै सरकारी निकायमा नेपाली उत्पादन प्रयोग गर्नु पर्छ’, उनले भने ।
त्यस्तै, मेलाको आयोजक मदयपुर जुत्ता उद्योगका प्रोपाइटर लक्ष्मण मग्रातीले उत्पादक र उपभोक्ताको दुरी मेटाउन मेला आयोजना गरेको बताएका छन् । ‘हामिले सस्तो मूल्यमा जुत्ताचप्पाल राखेका छौँ । १५ देखि ७५ प्रतिशत सम्म छुटको व्यवस्था गरिरहेका छौँ ।’ मग्रातीले भने– ‘एक महिनासम्म चल्ने मेलामा आएर जुत्ता चप्पल खरिद गरि लाभ लिन सकिनेछ ।’
‘स्वदेशी ब्राण्डको प्रवद्र्धन गर्न राज्यले भूमिका खेल्नु पर्छ । हामीले दैनिक ४ हजारदेखि ५ हजार जना ग्राहकले अवलोकन गर्ने अपेक्षा गरेका छौँ । दैैनिक १ लाख रुपैयाँको जुत्ताचप्पल विक्री हुने अनुमान गरिएको छ । स्कुल, विवाह र गर्मीको मौसमलाई लक्षित गरेर मेलाको आयोजना गरिएको हो’, उनले भने ।
मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा सुरु गरिएको मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका एक हजार भन्दा बढी मोडलका जुत्ता–चप्पल खरिद गर्न सकिने व्यवसायी डिल्ली सुवेदीले जानकारी दिए ।
नेपालका चर्चित ब्राण्डका जुत्ता–चप्पल उत्पादन गर्दै आइरहेका स्टेप अन फुटवेयर प्रा.लि., कम्फर्ट लेदर सुज, मध्यपुर जुत्ता उद्योग, माता पाथीभरा देवी इन्टरप्राइजेज, न्यु फेमस सुज सेन्टर प्रा.लि, राज प्लाष्टिक उद्योग, ओसियन सुज, माता पाथीभरा देवी ग्रुप अफ इन्ड्रष्टिज प्रा.लि, अयmाथ लेडिज र सिटिजन्स सुज लगायत कम्पनीहरू रहेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।