





























काठमाडौं– सुर्खेतको वीरेन्द्रनगरमा होटलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका–८, बस्ने ५१ बर्षीय दीपबहादुर चन्द रहेका छन् ।


वीरेन्द्रनगर–६, स्थित गोदाम लाइनमा रहेको नौलो होटेलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका (एसपी) एवम् प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार प्रहरीलाई आज बिहान ८ः ३० बजे जानकारी गराइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
