काठमाडौं– १७ वर्षीय भतिजी बलात्कार गरेको कसुरमा धादिङमा ३६ वर्षीय काकालाई जिल्ला अदालतले १४ वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले ०८० फागुन १६ गते कसुर कायम गरेकोमा फागुन ३० गते १४ वर्ष कैद गरी कसुरदारलाई ५ लाख ६० हजार जरिवाना गर्ने सजाय निर्धारण गरेको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले जानकारी दिए ।
जिल्ला अदालतले गरेको फैसलामा पीडितलाई कसुरदारबाट असुल उपर गरी ५ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश समेत फैसलामा उल्लेख छ । संरक्षक रहेका काकाले भतिजिलाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०८० साउन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका दिए ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा पीडितका काकालाई साउन १३ गते पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०८० भदौ ६ गते जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको सोही दिनको आदेशले आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।