|फाइल फोटो
काठमाडौं– सिन्धुलीको सुनकोशी गाउँपालिका १ दुम्जा स्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट गराइएको छ । दुम्जामा रहेको विपी पार्क नजिकै शक्तिशाली प्रेसरकुकर बम विस्फोट हुदा टेलिकमको टावर तथा घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रबार बिहान करिव ३ बजेको समयमा विस्फोटको आवाज आएपछि स्थानीयले गरेको खबरका आधार घटना स्थल पुगेको प्रहरीले शक्तिशाली प्रेसर कुकर बम विस्फोट भएको पुष्टि गरेको हो ।
विस्फोट कसले गराएको भन्ने पुष्टि नभए पनि घटना स्थलमा पिपुल विब्रेसन आर्मी लेखेको जनमुक्ती सेना लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । विस्फोट स्थलमा दुईवटा प्रेटोलको बोटलसमेत फेला परेको छ । घटनामा संलग्नको खोजिकार्य भइ रहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।