काठमाडौं– बागमती प्रदेशमा आज मन्त्रीपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । बागमतीमा रहेका एमालेका तीन पूर्वमन्त्रीहरुलाई नै पुनः जिम्मेवारी दिन लागिएको एमाले स्रोतको भनाइ छ । थप एक जना पहिलोपटक मन्त्री बन्दैछन् ।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री जम्कट्टेलको तयारी छ ।
नेपाली कांग्रेसले छोडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिन लागेको हो ।
मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।