काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–८ साँघुटारमा अवस्थित रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा दुई २६ जनाले रक्तदान गरेका छन् ।
६७औ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा एक सय ५६ पुरुष र ७० जना महिला गरी दुई सय २६ जनाले रक्तदान गरेको सचिव राजकुमार श्रेष्ठले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा मंगलबार रामकोट साकोस कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो ।
मण्डली महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मुरलीभञ्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेड, शितल चौतारा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड, ज्वालामूखी कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड, आकुरा कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेड, श्री उद्यमशील कृषि सहकारी संस्था लिमिटेड, वन पैदावर उद्योग व्यवसायी समाज धादिङ, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ कार्यालय, साँघुटार टोल विकास संस्था, विन्दुकेशरा टोल विकास संस्था, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ को वडा स्थास्थ्य चौकी नेपाल रेडक्रस सोसाइटी, मुरलीभञ्याङ उपशाखा सह–आयोजक रहेको सचिव श्रेष्ठले जानकारी दिए ।
नेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।