काठमाडौं- धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा एक जना युवा फेला परेको छ । नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् ।
निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती करिव १ वजे घटना घटेको स्थानीय मनिष तामाङले जानकारी दिए । ‘घाँटीको रुद्रीघण्टी आरोले काटिएको अवस्थामा भेटिएको हो । उनको घाँटीमा ठूलो चोट लागेकोले बोल्न सक्दैनन् । घाइते बनेपछि उद्धारका लागि गुहार गरेका गुरुङको स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी अस्पताल पठाइएको छ’ उनले भने ।
घटना बारे अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए । पहिलो प्राथमिकता घाइतेको जीवन बचाउनु हो । उनले भने– ‘अहिले घाइतेको उद्धारमा लागेका छौं । अनुसन्धानपछि मात्रै थप जानकारी आउनेछ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।