काठमाडौं– मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका– ६ रजस्थल बस्ने ५९ वर्षीय रेख बहादुर परियार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले मदिरा सेवन गरी आफ्नो घरमा आगो लगाउँदा घर जलेर पुर्णरुपमा क्षति भएको छ । परियारले आफ्नो घरमा आगो लगाएपछि स्थानीयका घरहरूमा पनि आगो लगाउने धम्की दिने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
परियारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।