काठमाडौं– तराई मधेशमा गर्मीसँगै तातो लहर अर्थात (हिट वेभ) बढ्ने क्रम जारी छ । बिहानै तराई मधेशका ४ वटा जिल्लाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो तराईका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा माथि पुग्ने अनुमान छ ।
केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले आउँदो शुक्रवारसम्म तातो हावाको लहर बढ्ने भएको छ । पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर (हिट वेभ) चल्न सक्ने भन्दै महाशाखाले सूचना निकालेको छ ।
विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।